नेपाललाई २०२१ को उपहार, १४ पिक्सः नथिङ इज इम्पोसिवल

नेपाल सगरमाथाको देश । विश्वमा यदि नेपाललाई कसैले चिन्थे त, सगरमाथा भएको देशको नामले चिन्थे । तर अब हिमालै हिमाल भएको देशको नामले नेपाल अन्तराष्ट्रियरुपमा परिचित भएको छ । हिमालसँगै अर्को गौरवशाली र बहादुरीपुर्ण नामले पनि चिनिएको छ, त्यो नाम हो, निर्मल निम्स पुर्जा ।

जब निर्मल निम्स पुर्जाको डकुमेन्ट्री फिल्म १४ पिक्सः नथिङ इज इम्पोसिवल जब नेटसफ्ल्क्सिमा सार्वजनिक भयो, तब धेरैले नेपालको रुप र बहादुर नेपालीलाई त्यसमा देख्ने मौका पाए ।

१४ पिक्स, नथिङ इज इम्पोसिवल, पर्वतारोही निर्मल निम्स पुर्जाको कथा हो, जो एसिया भरका १४ ओटा ८ हजार माथीका हिमाल ६ महिना ६ दिनमा चढी सक्छन् । उनको यो कार्य कति विरल घटना हो भने उनले ६ ओटा बिधामा पर्वतारोहीको विश्व किर्तिमान समेत कायम गरेका छन् ।

यो डकुमेन्ट्रीले बलियो टिमवर्क, क्षमता, एकाग्रता र राष्ट्रको गौरवलाई देखाएको छ । टिमवर्क कति शक्तिशाली हुन्छ भन्ने कुरालाई निकै सुन्दर ढंगले डकुमेन्ट्री मा देखाएको छ ।

टिमवर्क सँगसँगै काम कत्तिको ग्रहणयोग्य छ, काममा कत्तिको त्याग र समर्पण छ जस्ता कुरामा ध्यान दिन सके जस्तोसुकै असम्भव कुरालाई पनि सम्भव बनाउन मद्दत गर्छ भन्ने कुरा डकुमेन्ट्रीले भनेको छ ।

जब पुर्जा आफ्ना योजना बारे छलफल गर्छन्, धेरैले उनको योजनामा बिश्वास गर्दैनन् । उनि निकै अत्तालिन्छन्, आत्मबल दिनका लागि नाम राख्छन् ‘प्रोजेक्ट पोसिवल’ । यो नाम राख्नु नै उनले बिश्वास नगर्नेहरुका लागि गलत प्रमाणित गर्नु हो ।

डकुमेन्ट्रीमा पुर्जाले मृत्युलाई जितेका छन् । यसले धेरै ठाउँमा शरिरमा काँडा उमार्न सफल हुन्छ । भिडियो खिच्न नसक्दा, मन बिचलित हुँदाका कथााई समेत न्यारेसन मार्फत सरल तरिकाले दर्शकलाई सम्झाउन यो डकुमेन्ट्री सफल भएको छ ।

उनि आफू आर्मी भएकाले हिमालमा अलपत्र परेका अन्य यात्रु पनि जोगाउन खोज्छन् । तर हाई अल्टिच्युडका कारण ति यात्रुलाई जोगाउन सक्दैनन् । त्यहि कारण उनी हाइ अल्टिट्युड सेरेब्रेल एडिमा अर्थात एचएसीइ को पिडित समेत बन्न पुग्छन् । जसलाई एनिमेसन मार्फत सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । त्यस्तै आर्मीमा लड्दै गर्दा उनलाई गोली लागेका कुराहरु, हिमालबाट चिप्लेर डोरी भेट्टाउन सफल हुँदाका कथाहरु पनि सुन्दर तरिकाले एनिमेशन मार्फत भनिएको छ ।

उनको बालापन, पारिवारिक जिवन देखि मिलिटरी स्कुलले दिएको तालिम समेतका कुराले डकुमेन्ट्री हेर्न मज्जा आउँछ । यदि उनको किताव समेत पढेका दर्शकले डकुमेन्ट्री हेरे भने कितावमा समेटिएका कुरालाई अझै दृष्यमा देखाउन नसकेको जस्तो भने लागिरहन्छ ।

उनि आमालाई निकै माया गर्छन् । आमाको मायालाई गज्जवको तरिकाले प्रस्तुत गरिएको छ । तर जहाँ एकदमै राम्रोसँग न्यारेटिभ मिलिरहेको थियो, त्यहाँबाट एक्कैचोटी फन्डिङ क्याम्पियन र नेपाल देखि युके गएको कुरालाई ब्याख्या गर्न नसक्दा डकुमेन्ट्री अधकल्चो भएको महशुस हुन्छ ।

डकुमेन्ट्रीमा उनको क्याम्पियनका लागि पैसा उठ्छ, दर्शकलाई यो कुरा थाहा दिइँदैन, कति उठ्यो । डकुमेन्ट्रीले लण्डनको कथालाई पुणर् रुपमा वेवास्था गरेको छ ।

१०० मिनेटमा डकुमेन्ट्री सकिएको छ । यसमा गज्जवको कुरा मेन्सन गरिएको भनेको शेर्पा समुदायको कथा पनि हो । उनले सम्पूर्ण सफलताको क्रेडिट उनिसँगै हिमाल चढेका शेर्पाहरुलाई पनि दिएका छन् । उनले भनेका छन्, माइ शेर्पाज हेल्पड मी एण्ड दे ह्याव नेमस् । विथाउट देयर नेम्स्, दे आर घोष्ट्स । अर्थात मेरा शेर्पाहरुले मलाई सहयोग गरे । तिनीहरुको नाम पनि छ । उनिहरुको नाम भएन भने, उनिहरु भुत हुन् ।

१४ पिक्सले भर्जिन लोकेसन दिएको छ । किना एडिट, बिना फिल्टर सुन्दर र सास अड्काउने खालका हिमाली दृष्य कैद गर्नु चानचुने कुरा हैन । उनले के २, कञ्चनजंघा र चिनको सिशपांगमा पिक हिमाल चढेको दृष्य कुनै थ्रिलर फिल्म भन्दा कम छैन ।

१४ पिक्स डकुमेन्ट्रीले धेरै कुरा सिकाउँछ । सबैभन्दा धेरै सिकाउँछ मानवता र दरिलो आत्मविश्वासको परिणाम ।

डकुमेन्ट्रीले नेपाल चिनाउने भरपुर प्रयास गरेको छ । साथै बहादुर नेपालीको चिनारी पनि दिएको छ । नेपालीहरु मृत्युदेखि डराउँदैनन् तर आज मर्नदेखि डराउँछन् ।

डकुमेन्ट्री नेटफिल्मसमा पाइन्छ । यदि नेपाललाई नजिकबाट चिन्न चाहनुहुन्छ भने अवस्य १४ पिक्सः नथिङ इज इम्पोसिवल हेर्नुहोला ।

Leave a Reply