लकडाउनको समयमा हेर्नुहोस् ‘अ गर्ल इन क्यान्सस’ र ‘तिमी र म’ नेपाली सर्ट चलचित्र (लिंक सहित )

विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । मानिसहरु यस लकडाउनको समयमा कोही आफ्नो परिवारसंग समय बिताइरहेका छन् भने कोही श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् , कोही किताब पढ्दै, कोही आफ्नो रुचि पुरा गर्दैछन् भने कोही चलचित्र हेर्दै बसेका छन् । युट्युबमा थुप्रै नेपाली,अंग्रेजी ,हिन्दी र विभिन्न भाषाका चलचित्रहरु हेर्न सकिन्छ ।

त्यस्तै दर्शकलाई घरमै बसेर मनोरञ्जन लिनको लागी तिम्रो मेरो प्रडक्सनको अफिसियल युट्युब च्यानलमा दुई वटा नेपाली सर्ट चलचित्र हेर्न सक्नुहुन्छ । एउटा हो प्रेम कहानीमा आधारित चलचित्र ‘तिमी र म’ जसमा पुरी गुरुङ ,सिद्धार्थ बिस्व ,नयनराज पाण्डे र तिला उप्रेतीको अभिनय रहेको छ । त्यस्तै अर्को चलचित्र भने हरर जनराको ‘अ गर्ल इन क्यान्सस ‘ रहेको छ । यस चलचित्रले भिएमपी फिल्म फेस्टिभलमा दोस्रो स्थान जितेको थियो । यी दुई वटै चलचित्रका निर्देशक अमेरिकामा बस्दै आएका सिद्धार्थ बिस्व (बिशाल सिन्चुरी) हुन् ।

उनले अरु थुप्रै नेपाली सर्ट चलचित्र र साथमा केहि अमेरिकन सर्ट चलचित्र पनि निर्देशन गरेका छन् । निर्देशक सिद्धार्थले चलचित्रमा स्नातक गरेका हुन् । उनले नै निर्देशन गरेको सर्ट चलचित्र ‘धमाका ‘अमेरिकाको नेपाली अमेरिकन फिल्म फेस्टिभलमा चयन भएको थियो । निर्देशक सिद्धार्थले प्रसिद्ध डिस्नील्याण्ड र विज्ञापनको लागि साउथआफ्रिकन फिल्म क्रिउसंग पनि काम गरेका छन् ।निर्देशक सिद्धार्थको नेपाली चलचित्र क्षेत्रमा सहकार्य गर्ने सपना रहेको उनी बताउँछन्।

Leave a Reply