को बन्ला त पहिलो हिमालयन रोडिज ?

पछिल्लो समय नेपालमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो हरु प्रशस्त आएका र आउने क्रम रहेका छन् | हालसालै अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल सकिएको थियो र एम.टिभी रोडिजको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो हिमालयन रोडिज भने चलिरहेको छ |बिगत चार महिना देखी चलिरहेको हिमालयन रोडिज शो दर्शकहरुले अत्यन्तै रुचाएका छन् | विभिन्न चुनौती पार गर्न पर्ने यो शो मा देशैभर बाट अडिसन लिइएको थियो भने मात्र १७ जना प्रतिस्पर्धी सहभागी भएका थिए | हिमालय रोडिजको ग्राण्ड फिनाले आगामी साता हुने भएको छ |विभिन्न चुनौती पार गरेर हिमालय रोडिजको ग्राण्ड फिनाले मा काठमाण्डौंका २७ वर्षिय समन श्रेष्ठ र पोखराका २४ वर्षिय अनिमेष शाही पुग्न सफल भएका छन् | दुई बलिया प्रतिस्पर्धीबीच को बन्ला त पहिलो हिमालयन रोडिज भन्ने दर्शकहरु माझ खुल्दुलीको विषय बनेको छ |

Leave a Reply