हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु

हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु गरिएको छ । बुधबार यो सिरियलको पहिलो भाग आमा अग्नीकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे हो । अब, यो सिरियल हरेक साताको बुधवार बेलुकी ७ बजे प्रसारण हुने छ।

नहकुल भट्टराई निर्माता रहेको सिरियल दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गरेका हुन् । सिरियलमा दिलीपको नै कथा छ । गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ ।
सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिना हुन् । राहुल राईले छायाँकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पक्षलाई देखाउन खोजिएको छ ।

जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापा लगायतको अभिनय सिरियलमा रहेको छ ।

Leave a Reply