रेडियो, दैनिक, टेलिभिजन र अनलाइनमा प्रेस चौतारीको शाखा

चौतारी प्रतिष्ठान अञ्चल कमिटीको आयोजित भेलाले दैनिक पत्रिका, टेलिभिजन, रेडियो र अनलाइनका छुट्टाछट्टै शाखा गठन गरेको छ ।

नवगठित रेडियो शाखाका अध्यक्षमा हरिबल्लभ नेपाल, उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा दीपक धिताल, सहसचिवमा शिवशक्ति आचार्य र कोषाध्यक्षमा कालिका शिवाकोटी तथा सदस्यमा सुदर्शन आचार्य, राजीव खत्री, शरजप्रसाद हुमागाईं र राजु मियाँ हुनुहुन्छ ।

दैनिक पत्रिका शाखा अध्यक्षमा धनबहादुर खड्का, उपाध्यक्षमा पूजा ढकाल, सचिवमा रञ्जित तामाङ र कोषाध्यक्षमा दीपेन्द्र गुरुङ तथा सदस्यमा एमपी सुब्बा, विशाल राई र अनिल यादव रहनुभएको छ ।

त्यस्तै टेलिभिजन शाखा अध्यक्षमा तेजप्रसाद वाग्ले, उपाध्यक्षमा मिलन जिसी, सचिवमा विमल नेपाल, सहसचिवमा हरिशरण न्यौपाने र कोषाध्यक्षमा श्रीकृष्ण सुवेदी तथा सदस्यमा हर्ज लिम्बू, रिया भण्डारी, सिर्जना थापा र रामचन्द्र अर्याल रहनुभएको छ ।

त्यसैगरी अनलाइन शाखा अध्यक्षमा मोहन बास्तोला, उपाध्यक्षमा रामनाथ खनाल, सचिवमा शरद शर्मा, सहसचिवमा सोभित थपलिया र कोषाध्यक्षमा विनु पोखरेल तथा सदस्यमा अशोक पौडेल, तुल्सी सुवेदी, नारायण पौडेल, सुवास नेपाल, रामकुमार श्रेष्ठ र सुरज प्याकुरेल हुनुहुन्छ ।भेलाले श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने लगायत पाँचबुँदे प्रस्तावसमेत पारित गरेको छ ।

प्रस्तावमा सरकार समक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसानुसार न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण, मधेसी मोर्चाको आन्दोलन र अघोषित नाकाबन्दीले समग्र सञ्चार क्षेत्रमा नकारात्मक प्रभाव पारेकाले वार्ता र संवादबाट कूटनीतिक पहल गरी निकास निकाल्नुपर्नेलगायत माग छन् ।

प्रेस चौतारी नेपाल, प्रतिष्ठान अञ्चल कमिटीको आयोनजनामा भएको भेलाको उद्घाटन गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले गर्नु भएको थियो ।

कार्यक्रममा चौतारीका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसी, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतम, चौतारीका केन्द्रीय सदस्य शुरोेजङ्ग पाण्डे, अञ्चल कमिटीका अध्यक्ष प्रकाश सिलवाललगायतले भेला सफलताको कामना गर्नुभएको थियो ।

Leave a Reply