पाँचौं महाधिवेशन सम्पन्न

तदनुसार ११ मेई २०१८ शुक्रबारका दिन हाम्रो यस गौरबशाली संस्था किरात याक्थुङ चुम्लुङ बहराईनको पाँचौं महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको छ । उक्त महाधिवेशन बाट अध्यक्षमा दोश्रो कार्यकालको लागि पुनः निर्वाचित हुँदै बिरेन्द्र तुम्बापोको नेतृत्वमा १९ सदस्सिय कार्य-समिति र ११ सदस्सिय साँस्कृतिक बिभागिय समिति सहित जम्मा ३० पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनु भएको छ ।
नेपाली क्लब बहराईनको सभाहलमा सम्पन्न महाधिवेशनमा अध्यक्ष बिरेन्द्र तुम्बापो ज्यूको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष श्री तेम्बा शेर्पा ज्यूको प्रमुख आतिथ्य, नेपाली क्लबका अध्यक्ष श्री कमल श्रेष्ठ ज्यू र वरिष्ठ समाजसेवी श्री गम गुरुङ ज्यूको बिशेष आतिथ्य रहेको थियो भने मगर संघ बहराईनका श्री गुनराज मगर ज्यू, तमू समाज बहराईन श्री शंकर मान गुरुङ ज्यू, तामाङ सेवा समाज बहराईनका उपाध्यक्ष श्री वीर ब. योञ्जन ज्यू, किराँत राई यायोक्खा बहराईनका अध्यक्ष श्री धन कुमार राई ज्यू र शेर्पा किदुग बहराईनका आङ दावा शेर्पा ज्यू अतिथिमा हुनुहुन्थ्यो ।
सचिव सोमराज कन्दङ्वा ज्यूले सञ्चालन गर्नु भएको कार्यक्रममा सह-कोषाध्यक्ष मिन ब. चबेगु ज्यूले स्वागत मन्तव्य, वरिष्ठ-उपाध्यक्ष झहर थेबे ज्यूले संस्थाको गतिविधि, लक्ष्य र उदेश्य बारे प्रष्ट पार्नुभएको थियो भने संरक्षकद्वय तोयानाथ सम्बाहाङ्फे र देबेन ईजम ज्यूले किरात याक्थुङ चुम्लुङ बहराईनको स्थापना कालदेखि बर्तमान अवस्था सम्मका सम्पूर्ण नालीबेली बारे प्रकाश पार्नु भएको थियो ।
प्रमुख अतिथि तेम्बा शेर्पा ज्यू लगायत अन्य अतिथि पाँचै जातीय संस्थाका प्रतिनिधि ज्यूहरूले महाधिवेशन सफलता तथा बन्द सत्रबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रथम किराँती राजा यलम्बर, किराँत लिपिका पुनरुत्थापक सिरिजङ्गा थेबे, लिम्बू इतिहासकार ईमान सिं चेम्जोङ, १६ औं राष्ट्रिय बिभूती महागुरू फाल्गुनन्द, कियाचु बहराईनका भूपू अध्यक्ष स्व. मिलन हाङ्गाम र कियाचु बहराईनका भूपू महासचिव स्व. टेक बहादुर चोङ्बाङ ज्यूको तस्वीरमा सम्पूर्ण बिशिष्ट ब्यक्तिहरूको सामुहिक हस्त बाहुलीबाट माल्यार्पण गरिएको थियो ।  
द्वीप प्रज्वलन पछि के:लाङ (च्याब्रुङ) नृत्य सँगै सुरू भएको कार्यक्रममा स्थापना कालदेखि हाल सम्मका सम्पूर्ण कार्य-समितिहरूको स-तस्वीर अभिलेख दस्तावेज र याक्थुङ भाषा र लिपिको संरक्षण र सम्वर्धन गर्नका निमित्त हरेक बर्ष उक्त भाषा विषयमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एक लिम्बू वा गैह्र लिम्बू विद्यार्थीलाई प्रोत्साहन स्वरूप केही रकम छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ हालसालै स्थापना गरिएको “किरात याक्थुङ चुम्लुङ बहराईन छात्रवृत्ति कोष” को नियमावली पुस्तक अनावरण (सार्वजनिक) गरिए पछि खुल्ला सत्रको समापन भएको थियो ।
संरक्षक तोयानाथ सम्बाहाङ्फे ज्यूले सभापतित्व गर्नुभएको बन्द सत्रमा प्रवेश भए पश्चात सचिव सोमराज कन्दङ्वा ज्यूबाट प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सदेम्बा लिम्बू जयूबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । अध्यक्ष बिरेन्द्र तुम्बापोले पुरानो कार्य-समिति भङ्ग गरि नयाँ कार्य समिति गठनको लागि मार्ग प्रशस्त गर्नु भएपछि संरक्षक देबेन ईजम ज्यू र सल्लाहकार प्रह्लाद लिङ्देन ज्यू रहेको दुई सदस्सिय निर्वाचन मण्डलले सम्पूर्ण प्रक्रियाहरू पूरा गर्दै कार्य-समिति र साँस्कृतिक समिति निर्वाचित गरि सके पश्चात् एक-आपसमा शुभकामना आदान-प्रदान भएको थियो । सभापति तोयानाथ सम्बाहाङ्फे ज्यूले बन्द सत्र समापन गर्नुभए लगत्तै खानपिन गरि अन्तिम चरणको केही क्षण सांगीतिक माहोलमा रमाउँदै कार्यक्रम समाप्त भएको थियो ।

यस पाँचौ महाधिवेशनबाट निर्वाचित कार्य-समिति र साँस्कृतिक समिति निम्नानुसार रहेको छ ।

कार्य-समिति –
(१) अध्यक्ष – बिरेन्द्र तुम्बापो लिम्बू
(२) वरिष्ठ-उपाध्यक्ष – झहरमान थेबे लिम्बू
(३) उपाध्यक्ष – प्रदिप केरुङ लिम्बू
(४) उपाध्यक्ष – मीन ब. चबेगु लिम्बू
(५) उपाध्यक्ष – टंकराज चबेगु लिम्बू
(६) महासचिव – सोमराज कन्दङ्वा लिम्बू
(७) सचिव – बिक्रम मादेन लिम्बू
(८) सह-सचिव – पूर्ण साम्रा लिम्बू
(९) कोषाध्यक्ष – कृष्ण सदेम्बा लिम्बू
(१०) सह-कोषाध्यक्ष – अन्जु साँवा लिम्बू
(११) कोष-सचिव – दिपा कन्दङ्वा लिम्बू
(१२) सदस्य – सेर ब. लुम्फूङ्वा लिम्बू
(१३) लक्ष्मी पतङ्वा/चबेगु लिम्बू
(१४) मदन चोङ्बाङ लिम्बू
(१५) गजेन साम्रा लिम्बू
(१६) पूर्ण सिं तुम्बाहाङ्फे लिम्बू
(१७) पदम सुन्दर कुरुम्भङ लिम्बू
(१८) जितेन ईजम लिम्बू
(१९) राजेश माङ्लाङ लिम्बू

साँस्कृतिक बिभागिय समिति –
(१) प्रमुख – लोकेन्द्र केदेम लिम्बू
(२) उप-प्रमुख – सरस्वती योङ्हाङ लिम्बू
(३) सचिव – नवीन तुम्बाहाङ्फे लिम्बू
(४) सदस्य – अस्मिता नाल्बो लिम्बू
(५) सदस्य – सुष्मा पङ्याङ्गु लिम्बू
(६) मिना लिबाङ लिम्बू
(७) देउमान लिम्बू
(८) शान्ता लाओती लिम्बू
(९) राम सिं तुम्बाहाङ्फे लिम्बू
(१०) सकुन योङ्हाङ लिम्बू
(११) बिजय मेन्याङ्बो लिम्बू

यस पाँचौं महाधिवेशन समारोह कार्यक्रमलाई सफल पार्नको निमित्त प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आ-आफ्नो ठाउँबाट सल्लाह, सुझाव, साथ र सहयोग गर्नुहुने तुतु-तुम्याहाङ, संरक्षक, सल्लाहकार, कार्य-समिति पदाधिकारी, विभागिय पदाधिकारी लगायत तमाम सदस्य ज्यूहरूमा हार्दिक आभार एवम् धन्यवाद छ ।
साथै नव-निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई हार्दिक बधाई एवम् कार्य-काल सफलताको शुभकामना !!!

Leave a Reply