शम्भुप्रसादको “निशाचरी” उपन्यास सार्वजनिक

काठमाण्डौ, चैत २ । राजधानीको बागबजार स्थित सिटीम्याक्स हलमा एक कार्यक्रमको बीच आयोजित एक समारोहमा  “निशाचरी” नामक उपन्यासको विमोचन गरिएको छ   नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा उपन्यास विमोचन गरिएको हो । नवोदित लेखक शम्भुप्रसाद गौतमद्धारा लिखित उपन्यासमा नगरबधुका कथा व्यथा समेटिएको कुरा लेखक गौतमले बताएका छन्  । 


विमोचन समारोहमा कुलपति उप्रेतीले नेपालमा पुस्तक पढने बानीको विकास भएकोले पुस्तकको विक्री वितरण राम्रो हुँदै गएको चर्चा गर्दै लेखक रचनाकारहरुलाई प्रकाशन गृहहरुले यथोचित सम्मान र साथ दिनुपर्ने बताए । साहित्य तथा रचनाहरुको सिर्जना, प्रकाशन र पाठन गरी तीन श्रृंखला हुने र त्यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्दा सर्जक र प्रकाशक एवं पाठक सबैलाई यथोचित न्याय हुने बताए । कार्यक्रममा कवि एवं आख्यानकार अभय श्रेष्ठले प्रस्तुत उपन्यास आफुले सम्पादन गर्न पाउँदा खुशी लागेको बताए । लेखकको पहिलो प्रयास भएपनि यसमा हाम्रो वर्तमान समाजको ऐनाको रुपमा पुस्तक पाठकहरुको हातमा आएको उल्लेख गरे । कवि एवं समालोचक सुरेश हाचेकालीले उपन्यासको समालोचनात्मक विश्लेषण गरेका थिए । अन्य वक्ताहरुले उपन्यासमार्पmत लेखकले नगरवधुका सम्म्बन्धमा पाठकको धारणा परिवर्तनमा समेत घचघच्याउने किसिमले लेखकीय क्षमता देखिएको विचार व्यक्त गरे । कार्यक्रममा प्राज्ञ शशी लुमुम्बु समेत उपस्थित रहेका थिए ।

Leave a Reply