रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई बहराइन सम्मान गरिने भएको छ!

बहराइन , सम्पुर्ण नेपाली हरु लाई एउटै मालामा उन्न सफल नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कवि (ब्याकुल माइला) प्रदिप राई लाई बहराइन सम्मान गरिने भएको छ । कवि राई लाई बहराइन स्थित  नेपाली दुतावासको विशेस सहयोगमा, नेप्लिज वेल्फेर सोसाइटीको अगुवाइमा बहराइन मा रहेका सम्पुर्ण नेपाली संघ संस्था हरुको संयुक्त पहलमा सम्मान गर्न लागिएको आयोजक ले जानकारी दिएको छ ।
के हिमाल के पहाड के तराई हाम्रो एउटै पहिचान हो हामी नेपाली भन्ने मुल सन्देश प्रवाह गरेर उत्कृष्ट शब्दहरू को सङ्कलन गरेर सम्पुर्ण नेपाली हरुलाइ एउटै मालामा उन्न सफल कवि राई लाई बहराइन मा स्वागत अनि सम्मान गर्न पाउँदा राष्ट्र को निम्ति नै केही गर्न पाएको अनुभूति हामीलाई लागिरहेको छ!” आयोजक मध्येका एक ले खुशी ब्यक्त गरे । साथै कार्यक्रम को सम्पुर्ण तयारी भैसकेको पनि आयोजक ले जनाएको छ ! उक्त कार्यक्रम बहराइन बासी सम्पुर्ण नेपाली हरुको साझा कार्यक्रम भएकोले देशका एक होनहार श्रष्ठा को सम्मान को निमित्त सम्पुर्ण बहराइन बासी नेपाली हरुलाइ उपस्थित भैदिनु हुन पनि हार्दिक अनुरोध आयोजक ले गरेको छ !

Leave a Reply