युवराज नयाँघरेको ‘आमिल’को विमोचन

असोज २४ गते काठमाडौँमा वरिष्ठ निबन्धकार युवराज नयाँघरेको निबन्ध संग्रह ‘आमिल’को विमोचन गरियो । मदन पुरस्कार विजेता नयाँघरेको यो तेर्हौ कृति भएको जानकारी छ । लेखनमा छुट्टै शैलि अपनाएका नयाँघरेको यस ‘आमिल’लाई रोजगार मिडिया प्रा.लि.ले प्रकाशित गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले उक्त कृति विमोचन गर्दै लेखनमा नविन शैलीलाई नयाँघरेले आत्मसाथ गरेको कुरा बताउनु भयो ।

त्यस्तै गरि समालोचक महेश पौडेलले ‘यस कृति विदेशिएका नेपालीहरुको आँसुहरु प्रतिको यथोचित न्याय हो ।’ कृतिको समिक्षा गर्दै बताउनु भयो । उक्त पुस्तक विमोचन समारोहमा अन्तराष्ट्रिय साहित्यिक मञ्च नेपाल च्याप्टरका बरिष्ठ उपाध्यक्ष साहित्यकार राधेश्याम लेकाली सहित  प्रोफेसर रम्जान अलि, रोजगार मिडिया प्रा.लिई.का सम्पादक तथा प्रबन्ध निर्देशक उद्धव भट्टराई, एनआरएनका सल्लाहकार नरेन्द्र भाट लगायतको उपस्थिति रहेको थियो । साथै वहाँहरुले कृतिलाई शुभकामनाका साथै मन्तव्य पनि जाहेर गर्नुभएको थियो । त्यसै समारोहमा कात्तिक ३ गते देखि प्रदर्शन हुन लागेको चलचित्र ‘परदेशी’का निर्देशक नारायण रायमाझीको पनि उपस्थित थियो । वहाँले विदेशिएका नेपालीको पिडा सहित चलचित्रमा समावेश ‘भन्थेउ आमा’ बोलको गीत पनि गाउनु भएको थियो । 

Leave a Reply