भोलिदेखि राष्ट्रिय नाचघरमा नाटक ‘थ्यांक यु मिस्टर ग्ल्याड’

काठमाडौँ – आश्विन ११ , २०७२

भोलिदेखि काठमाडौँको राष्ट्रिय नाचघरको प्रेक्ष्यालयमा संस्कृति संस्थान (राष्ट्रिय नाचघर)को आयोजना तथा नाट्यकर्मी महासंघ नेपालको सहआयोजनामा रङ्ग सारथिको प्रस्तुति नाटक ‘थ्यांक यु मिस्टर ग्ल्याड’को प्रदर्शन हुँदैछ। नक्सालवादी आन्दोलनमा आधारित यस नाटक नेपाली परिवेशमा रुपान्तरण गरिएको आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। नेपालको राणाकालिन परिवेश छोएको जनाइएको यस नाटकलाई लेखन तथा निर्देशन विजय बिष्फोटले गरेका छन् भने यसका मूल लेखक अनिल बार्बे हुन्।
नाटकमा विजय स्वयं जेलरको भूमिकामा छन्। साथै नाटकमा एवन उप्रेती,अन्जना कालिकोटे, कुमार गजुरेल, सुभाष श्रेष्ठ, इन्द्र लामा, किनारा लामा, प्रणब चौधरी, बवी रोजा ढकालले अभिनय गरेका छन्।
असोज १२ र १३ गते प्रदर्शन हुने यस नाटक दिनको दुइ समय देखाइने कुरा यसका निर्देशक विजय बिष्फोटले जनाएका छन्। दिउँसो १ बजे र ५ बजे यसको प्रदर्शनको समय निर्धारण गरिएको छ।

Leave a Reply