झमकलाई सहयोग

धनकुटा – मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई भूतपूर्व बेलायती सैनिकले आर्थिक सहयोग गरेका छन् । रामेछापको रस्नालुका किशोर सुनुवारले बिहीबार धनकुटाका कचिँडेमा रहेको झमककै निवासमा पुगेर १ लाख २० हजार रुपैयाँ प्रदान गरेका हुन् । सुनुवार हाल बेलायत बस्दै आएका छन् । ‘असामान्य क्षमताकी साहित्यकारलाई सहयोग गर्न पाउँदा खुसी लागे को छ,’ उनल भने , ‘काठमाडौंको एउटा कार्यक्रममा भेटे पछि उहाँलाई मैले मासिक ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको थिएँ । यो दुई वर्षको सहयोग हो ।’ आत्मपरक कृति  ‘जीवनकाँडा कि फूल’का लागि मदन पुरस्कार पाएकी झमकले प्रतिक्रियामा लेखिन्, ‘ मनकारी तथा सहयोगी हातलाई स्वागत छ ।’ आजको कान्तिपुर दैनिकबाट ।  

Leave a Reply