२१ बर्षीय शुष्माको “सिमल” सार्बजानिक

युवा लेखिका शुष्मा खड्काद्धारा लिखित उपन्यास “सिमल” सार्बजनिक गरिएको छ । २१ बर्षीय खड्काद्धारा लिखित उपन्यासको राजधानीमा शनिबार बरिष्ठ कलाकार तथा लेखक हरिबंश आचार्यले बिमोचन गर्नुभएको हो । सर्बनाम थिएटरमा आयोजित बिमोचन कार्यक्रममा आचार्यका साथै पत्रकार तथा लेखक आश्विनी कोइराला, लेखक हरिमाया भेटवाल, कलाकार तथा सन्चारकर्मी राजा राजेन्द्र लगायतले पुस्तकमाथी टिप्पणी गर्नुका साथै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा लेखिका खड्काले आफ्नो पहिलो प्रयास भएपनी पुस्तकले सफलता पाउने बिश्वास ब्यक्त गरिन् । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकलाई जिके पोखरेलले सम्पादन गरेका हुन् । सन्तोष दाहालले आबरण चित्र तयार पारेको उपन्यास “सिमल” मा तन्नेरी पुस्ताबिचको प्रेमलाई प्रमुख बिषय बस्तु बनाइएको छ । 

Leave a Reply