लिस्नर्स क्लव नेपालको दशौं वार्षिक साधारणसभा सम्पन्न

लिस्नर्स क्लब नेपालको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लिस्नर्स क्लव नेपालका अध्यक्ष ओम प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न उक्त सभामा बरिष्ठ निवन्धकार तथा नियात्राकार युवराज नयाँघरेको प्रमुख अतिथि तथा  रेडियो नेपालका बरिष्ठ कार्यक्रम सञ्चालक नवराज लम्साल, संस्था कि संरक्षक श्रीमति रोजु अधिकारी, साहित्यकार तथा क्लबका विशेष सल्लाहकार शम्भु सुस्केरा, क्लवका संस्थापक अध्यक्ष छविरमण अधिकारी, क्लवका पहिलो निर्वाचित अध्यक्ष उत्तम भट्टराईको उपस्थिति रहेको थियो । 

उक्त सभामा साहित्यकार नयाँघरे लगायत शम्भु सुस्केरा, संस्थापक अध्यक्ष छविरमण अधिकारी निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले सम्बोधन गर्नुभएको थियो । सभामा महासचिव हरिराम पौडेलले आर्थिक वर्ष २०७१/७२ को कार्य प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष जनक चन्दले आय व्यय विवरण पेश गरेका थियो ।    

त्यसै सभामा आगामी दुई वर्षको कार्यकालका लागि गरिएको कार्य समितिको निर्वाचनबाट हरिराम पौडेल अध्यक्ष, केदारनाथ भेटुवाल र लक्ष्मी रोक्का उपाध्यक्षमा निर्वाचित भएका छन् । साथै  कृष्ण तोलाङ्गे महासचिव, जनक चन्द सचिव, जगमाया घले कोषाध्यक्ष, लेखु सहयात्री, दुर्गा रिमाल र अप्सरा घिमिरे सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई त्यसै सभामा प्रमाण-पत्र वितरण गरियो ।  

Leave a Reply