‘समर लभ’को अंग्रेजीमा अनुवादको विमोचन अभिनेत्री प्रियंका कार्कीबाट

सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समरलभ’को अंग्रेजी अनुवाद पनि सार्वजनिक भएको छ । यो उपन्यासलाई फिल्मको रुपमा ल्याउने तयारी पनि भैरहेको जानकारी छ । यसको अंग्रेजी संस्करणलाई नायिका प्रियंका कार्कीले शनिबार पोखरामा बिमोचन गरेकी हुन् । बिमोचन कार्यक्रममा नायिका कार्कीले यस उपन्यासलाई अंग्रेजीमा पढ्दा कतै अनुवादित जस्तो नलागेको र अंग्रेजीमै लेखिएको झैँ भएको बताइन । अंग्रेजीमा समेत अनुवाद भएको यस पुस्तक सिनेमाको स्वरूपमा कहिले आउने भन्ने अहिले प्रतीक्षाको विषय पनि बनेको छ । यसलाई निर्देशक विकास आचार्यले फिल्मका लागी अधिकार लिईसकेको पनि जानकारी छ । हाल लेखक स्वयं यस पुस्तकलाई पटकथामा ढाल्ने काम गरिरहेका छन् ।    

Leave a Reply