पुष्प र वर्षा अभिनीत ‘मनसँग मन’को छायांकन सम्पन्न

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘मनसँग मन’ को छायांकन सकिएको छ । ‘सही दिउँला तिम्रो लागि’ बोलको एक रोमान्टिक गीत कालिञ्चोकमा खिच्दै चलचित्रको छायांकन सम्पूर्ण सकिएको हो । छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

चैत्र २७ गतेबाट रिलिज हुने बताइएको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय छ । फिल्मको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको चलचिमा सन्तोष खवासको एक्सन छ ।

 

Leave a Reply