निश्चल बस्नेतले साइन गरे विपिन र नम्रताको ‘प्रसाद २’

निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । लामो समयदेखिको छलफलपछि सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । चलचित्रमा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

दर्शकले र समिक्षकले रुचाएको डेढ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । यसका साथै चलचित्र ‘प्रसाद’को सिक्वेलमा कलाकार यथावत रहने भएका छन् ।  एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितीको कथालाई ‘प्रसाद’ले उठान गरेको थियो । चलचित्रको चैत पहिलो साताबाट छायांकन सुरु हुने भएको छ ।

Leave a Reply