चलचित्र ‘चुरिफुरी’को छायांकन सकियो

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘चुरिफुरी’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको हो । आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, राजिबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रबाट अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् भने उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् ।

चलचित्रलाई राहुल राईले खिचेका हुन् भने निर्मातामा रिना ढकाल छिन् । त्यस्तै, सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरुमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशकमा बिजय आचार्य रहेका छन् ।

 

 

Leave a Reply