राजेशपायल र लक्ष्मीको ‘हाम्रो गाउँ कटारी’मा साजन र यशोदा(भिडियो)

लोकप्रिय गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ सार्वजनिक भएको छ । डिआर गौतमको शब्द र संगीतमा रहेको गीतको भिडियोमा साजन कट्टेल र यशोदा कोइरालाको अभिनय रहेको छ । कटारी क्षेत्रका भूगोल, पर्यटन, कला संस्कृतिको पहिचानलाई यस गीतबाट चर्चा गरिएको छ । गीतको संगीत संयोजन भने राजु कार्कीले गरेका छन् ।

यस गीतको सहनिर्देशन प्रकाश दिप तिमल्सिनाले गरेका छन् । शंकल भुजेलको छायाँकन रहेको यस गीतको भिडियोको सम्पादन अर्जुन खड्काले गरेका छन् । भिडियोको कोरियोग्राफ र निर्देशन भने सुमोद भारद्वाजले गरेका छन् । हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply