‘प्रसाद २’को ‘मार्सी धान’ गीतमा सरोज र आश्माको साथमा केकी र विपिनको नृत्य

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत छ ।

विवाहको परिवेशमा तयार पारिएको लोक शैलीको गीतको भिडियोमा चलचित्रका कलाकारद्वय विपिन कार्की र केकी अधिकारीको साथमा आश्मा विश्वकर्मा र सरोज अधिकारी दमदार नृत्य गर्दै देखिएका छन् । गीतमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सुशील पौडेलको लेखनमा निर्माण भएको चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् भने अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणी नेपाल, विशाल पहाडी, निमा पाण्डे लगायतको पनि अभिनय छ । चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गर्नेछन् ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘प्रसाद २’, २०७५ सालमा डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए ।

Leave a Reply