विराज भट्ट र निकिताको ‘साङ्लो’ युट्युबमा सार्वजनिक(फिल्म सहित)

करीब ३ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ बिहिबार युट्युबमा सार्वजनिक सार्वजनिक भएको छ ।किड्नी तस्करीको कथा बोकेको चलचित्रको ट्रेलरमा पूर्व मिस नेपाल निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । नेपालको सुदूरपश्चिममा छायांकन भएको चलचित्रमा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

काफिया फिल्मस् र एफडी वितरक कम्पनीको ब्यानरमा बनेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply