चलचित्र ‘दाल भात तरकारी’ युट्युब ट्रेन्डिङको नम्बर एकमा(भिडियो)

नेपाली चलचित्र ‘दाल भात तरकारी’ युट्युबको नम्बर एक ट्रेन्डिङमा रहेको छ । पाँच दिन अघि युट्युबमा अपलोड गरिएको चलचित्र अहिले युट्युबको नम्बर एक ट्रेन्डिङमा पर्न सफल भएको हो । सुदन केसी निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथा चलचित्रले देखाएको छ । यसमा हरिवंश र निरुताले श्रीमान्-श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुताले चलचित्रमा लिड रोल निभाएकी हुन् । ‘दाल भात तरकारी’ मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, यमन श्रेष्ठ, जयनन्द लामा, मोहितवंश आचार्यलगायतको अभिनय छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् ।

Leave a Reply