‘माछी भुल्यो’मा पल र रियाशाको प्रेम(भिडियो)

अभिनेता पल शाह र कलाकार रियाशा दाहाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माछी भुल्यो’ बोलको लोक दोहोरी गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा प्रभवन जे र भारतीय गायिका दीपसिखाको स्वर रहेको छ । त्यस्तै माधव बहादुर थापा र गायक प्रभवनको शब्द रहेको गीतमा गायक प्रभवनले सङ्गीत भरेका छन् । गीत एरेन्ज जीवन बाबुले गरेका हुन् । प्रेमभाव रहेको सो गीतमा पल र रियाशालाई बेहुला र बेहुलीको अवतारमा पनि देख्न सकिन्छ । केही दिन देखी पल र रियाशाको सो अवतार निकै चर्चामा रहेको छ र दर्शकले पनि मन पराएका छन् ।

म्युजिक भिडियोलाई प्रभवन जेले नै निर्देशन गरेका हुन् । भने कोरियोग्राफी सन्तोष राजवाहकको देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको भिडियोलाई दिन्सोन शाहले सम्पादन गरेका हुन् । भिडियोमा पल र रियाशाको प्रेमदेखी वैवाहिक जीवनको कथा समेटिएको छ । गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ । भिडियो हेर्नुहोस :

Leave a Reply