अभिषेक र सिर्जनाको ‘पहिलो चिया भेट’(भिडियो)

गायक अभिषेक श्रेष्ठ र मोडल सिर्जना राईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो चिया भेट’ बोलको गीतमा अभिषेक स्वयंको शब्द, स्वर र संगीत रहेको छ । यस गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग नेपाल होम रेकोर्डिंग स्टुडियोले गरेको हो ।

प्रेम भाव बोकेको गीत थ्री मन्की युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सरोज श्रेष्ठले निर्देशन गरेकोे भिडियोेका सिनेमेटोग्राफर जितु तामाङ हुन्।

Leave a Reply