अन्जु पन्तको ‘धेरै माया नदेऊ’ गीतबाट छोरी परितोसिकाको डेब्यु

गायिका अञ्जु पन्तले आफ्नै स्वर र कम्पोजिसन रहेको गजलको भिडियोको छायाङ्कन भर्खर सकेकी छिन् । ‘धेरै माया नदेऊ’ बोलको गीतको भिडियोमार्फत गायिका पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गर्दै छिन् । गीतमा परिको अपोजिटमा कुनसाङ बोमजमले अभिनय गरेका छन् ।

यस म्युजिक भिडियोमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग अभिनयको २ हप्ताको अभिनयको कोर्स समेत लिएकी थिइन् । भने साथमा निर्देशक निकेश खड्काले पनि परिलाई एक सातासम्म भिडियोको शैलीको प्रशिक्षण दिएका थिए । नेपाली सांगीतिक क्षेत्रकी सफल गायिका पन्तकी छोरीको अभिनय डेब्यू हेर्न दर्शकहरु पनि आतुर छन् ।

Leave a Reply