‘रुटिन अफ नेपाल बन्द’ले ल्यायो ‘चित्कार’ बोलको र्‍याप गीत(भिडियो)

लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’को अफिसियल च्यानलबाट आइतबार नयाँ गीत सार्वजनिक भएको छ । ‘चित्कार’ बोलको र्‍याप गीतमा बिजेनको स्वर रहेको छ । गीतमा बिजेन स्वयंको शब्द तथा सङ्गीत रहेको छ । अक्षित मास्के क्षेत्रीको लिरिकल कन्सेप्ट रहेको गीतलाई एरेन्ज भने ब्रिजेश श्रेष्ठले गरेका छन् । किरण दाहालको निर्देशन तथा विकेश मगरको सम्पादनमा तयार भएको भिडियो केहि फरक बनेको छ ।

भिडियोमा बिजेन र बालकलाकार जेनिशा तामांग फिचर्ड छन् । समाजमा बलात्कारका घटना एकदमै बढेको र बलात्कारको शिकार भएको घटना प्रत्येक दिन पत्रपत्रिकाको हेडलाइनमा देख्न पाइने तर न्याय कसैले नपाएको नेपालको तीतो यथार्थ गीतमा प्रस्तुत गरिएको छ । निर्दोष सबै पीडित व्यक्तिहरुलाई न्याय दिन यो गीतले आवाज उठाएको छ । गीतको शब्द निकै मन छुने रहेको छ ।भिडियो हेर्नुहोस :

Leave a Reply