पल र अशोकको ‘झिम झिम परेली’ रिलिजको एक दिनमै युट्युब ट्रेन्डिङमा(भिडियो)

चर्चित गायक तथा सङ्गीतकार टंक बुढाथोकी र कविता सिवाकोटीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । शनिवार सार्वजनिक भएको ‘झिम झिम परेली’ बोलको गीत सार्वजनिक भएको एक दिनमै नेपाली युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । यो समाचार तयार पार्दासम्म गीत युट्युब ट्रेन्डिङको २२ औं स्थानमा रहेको छ । दर्शकले गीतको भिडियो निकै मन पराएका छन् । गीतमा टंक आफैले शब्द तथा सङ्गीत भरेका छन् र एरेन्ज भने कृष्ण बि.कले गरेका छन् ।

नितीन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा तयार भएको भिडियो केहि फरक बनेको छ । यस म्युजिक भिडियोमा अभिनेता पल शाह र बाल गायक अशोक दर्जी फिचर्ड छन् र फरक अवतारमा प्रस्तुत भएका छन् । भिडियोमा अशोक दर्जी पल शाहको बाल्यावस्थाको भूमिकामा छन् । साथै भिडियोमा कसेसा पौडेल र सलिजा ओलीको पनि अभिनय रहेको छ ।उत्तम हुमागाईले खिचेको भिडियोमा सुबोल थापिले नृत्य निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस :

Leave a Reply