सन्तोषको नयाँ चलचित्र ‘हुतुतु’ मा पल-प्रदीपदेखि हरिवंश-नाजिरसम्म

निर्माता सन्तोष सेन अर्को वर्षका लागि एक कमेडी चलचित्र लिएर आउँदैछन् । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा चलचित्रको निर्देशन गर्नेछन् । चलचित्रको नाम ‘हुतुतु’ जुराइएको छ । अर्को वर्षबाट छायांकन सुरु हुने चलचित्रमा नाम चलेका कलाकारहरु फाइनल गरिएको छ ।

चलचित्रमा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ । उनीहरु सबैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । चलचित्र पूर्ण कमेडी कथामा बन्नेछ । अब चाॅडै मुख्य अभिनेत्री र केही अति आवश्यक कलाकार पनि छनौट गर्ने सन्तोष सेनले जानकारी गराए ।

Leave a Reply