निशान भट्टराइले प्रेमिकासँग गरे कानुनी विवाह

गायक निशान भट्टराइले कानुनी विवाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । निशान र ऋचालाई सफल वैवाहिक जीवनको शुभकामना!!

Leave a Reply