‘प्रसाद २’ को निर्माण हुने

दर्शकले र समिक्षकले रुचाएको चलचित्र हो,‘प्रसाद’। डेढ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ को सिक्वेल निर्माण हुने भएको छ । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण गर्दैछन् । ‘प्रसाद’ मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितीको कथालाई ‘प्रसाद’ले उठान गरेको थियो ।

Leave a Reply