यस्तो रह्यो चलचित्र पत्रकार संघ नेपालको ‘२१ औं साधारण सभा’[तस्बिरहरू]

मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले गरेका थिए । संघको साधारण सभामा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्रेस काउसिलका सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा र चलचित्र क्षेत्रसंग सम्बन्धित संघसंस्थाका पदाधिकारीको उपस्थीति रहेको थियो ।

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २१ औं साधारण सभाको अवसर पारेर ‘कल्याणकारी कोष’को पनि सुरुवात गरेको छ । काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे। यसको औपचारिक घोषणा भने जेठ ७ गते गरिनेछ । चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले चलचित्र पत्रकारहरुको हकहितका लागि संस्था सधै नै लाग्ने बताए । यस्तै, महासचिव समिर बलामीले संघले गरेका कामको विवरण सार्वजनिक गर्दै दिर्घकालिन योजना समेत सुनाएका थिए ।

Leave a Reply