‘कमेडी च्याम्पियन’ को कान्तिपुर टेलिभिजनसँग सहकार्य

केही समय अगाडी नै नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सम्पन्न भयो । नायिका केकी अधिकारी र रीमा विश्वकर्माले निर्माण गरेको ‘कमेडी च्याम्पियन’ले कान्तिपुर टेलिभिजनसँग सहकार्य गरेको छ। निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। निर्माण पक्ष र कान्तिपुर टेलिभिजनको ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको लागी सम्झौता भएको हो । थ्री प्रोडक्सन र कान्तिपुरको यो सहकार्य ‘कमेडी च्याम्पियन’को छैटौँ सिजनसम्मको लागि रहेको स्टेसन म्यानेजर डिसीले बताएका छन् । यसअघि कमेडी च्याम्पियनले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो ।

Leave a Reply