काइली जेनरलाई झुट बोलेर सम्पति देखाएको आरोप

काइली जेनर निक्कै चर्चित महिला हुन् । उनी युवा व्यवसायीका साथै अमेरिकाको रियालिटी टेलिभिजन स्टार समेत हुन् ।उनलाई फोर्ब्स पत्रिकाले सबैभन्दा कम उमेरको अर्बपतिको सूचीको पहिलो नम्बरमा राखेपछि उनी एकाएक चर्चित भएकी थिइन् । तर अहिले उनलाई फोर्ब्स पत्रिकाले अर्बपतिकै लिष्टबाट हटाएको छ ।उनले झुट सम्पति विवरण देखाएर अर्बपतिको सुचिमा अग्रस्थानमा रहन चाहेको आरोप लागेको उक्त पत्रिकाले लगाएको छ । काइली जेनरले कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएर अर्बै सम्पति देखाएको पत्रिकाको आरोप छ ।

उता काइलीले भने ट्वीट गर्दै पत्रिकाको उक्त आरोप गलत भएको भन्दै खण्डन गरेकी छन् । उनले फोर्ब्सको दाबीलाई ‘गलत र अप्रमाणित धारणा’ भनेकी छन् । उनले भनेकी छन् – ‘मैले कहिले पनि कुनै उपमाको माग गरेकी थिइनँ न त त्यहाँसम्म पुग्न झुठ बोलेकी थिएँ ।’ यद्यपि उनले आफु सँग भएको सम्पतिबारे पुष्टि गर्न भने चाहेकी छैनन् ।यसअघि २०१५ मा पनि काइलीलाई फोर्ब्स पत्रिकाले अर्बपतिको सूचीमा राखेको थियो । त्यसयता २०१९ को कम उमेरका अर्बपतिको सूचीमा २१ बर्षीय काइली जेनर भन्दै छापेको थियो । गत वर्ष काइलीले आफ्नो कम्पनीको ५१ प्रतिशत सेयर कोटी कम्पनीलाई ६ सय मिलियन डलरमा बिक्री गर्न लागेको बताएकी पत्रिकामा उल्लेख थियो ।

तर, कोटी कम्पनीले सार्वजनिक गरेको जानकारीमा काइलीको कम्पनीले उनले दाबी गरेभन्दा निकै कम मात्र व्यापार गर्ने गरेको खुलेको छ। उनको कम्पनीले सन् २०१८ मा मात्र १ सय २५ मिलियन डलरमात्र कमाइ गरेको कोटीले उल्लेख गरेको छ ।फोर्ब्सले काइलीको परिवारले सन् २०१६ मा ३ सय मिलियन डलर कमाएको र अर्को वर्ष ३ सय ३० मिलियन डलर कमाएको जानकारी पत्रिकाले दिएको थियो । यसअघि अमेरिकी कमर्स सेक्रेटरी विल्बर रोस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सम्पत्ति धेरै देखाएको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply