पूर्व मिस नेपाल इशानी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छिन् । उनले सोमबार काठमाडौंको एक पाँचतारे होटलमा उद्योगपति तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी हुन्।

इशानी छिट्टै वैवाहिक जीवनमा बाँधिने छिन् । इशानीले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गर्दै ‘हाम्रो कहानी शुरु भयो’ भनेर उल्लेख गरेकी छन् । इशानीले डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते आफूहरुले विवाह गर्ने पनि जानकारी दिएकी छन् ।

व्यापारी तथा उद्यमी विश्वनाथप्रसाद शाहका छोरा तरुण शिक्षाविद्को रुपमा पनि परिचित छन् । उनले सेफर्ड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज सञ्चालन गर्दै आएका छन् ।

इशानी सन् २०१३ को विश्व सुन्दरी प्रतियोगितामा उत्कृष्ट १० मा पुग्ने पहिलो नेपाली सुन्दरी बनेकी थिइन् । उनले ‘मिस वल्र्ड’मा नेपालका लागि पहिलो पटक ‘ब्युटी विथ दी पर्पस’को विधा समेत थिइन् ।

Leave a Reply