सुगम पोख्रेल ‘फेरी त्यो दिन’ सम्झिदै (भिडियोसहित)

गायक सुगम पोख्रेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । आज सुगम पोख्रेलको अफिसियल युट्युब च्यानल मार्फत ‘फेरी त्यो दिन ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सुगम पोख्रेलको नै शब्द र सङ्गीत रहेको गीतको संगीत शैलेन्द्र एम प्रधानले पुन: निर्माण गरेका हुन् । भिडियोको डिओपी तथा सम्पादन केश मगरले गरेका हुन् ।

https://www.youtube.com/watch?v=lQaCr7GTxqg

उक्त गीतमा सुगमले आफ्नो पहिलाको चर्चित र सदाबहार गीत ‘फेरी त्यो दिन ’, ‘ माया यो धेरै गाह्रो ’ , ‘मेरो एउटा साथी छ ’, ‘जादै छु
टाढा ’, ‘मेरा गीतहरु सुनिरहनु है ’ र ‘एउटा मान्छे’लाई केहि फरक शैलीमा प्रस्तुत गरेका छन् ।  म्यासअप शैलीमा तयार पारिएको गीत मा सुगम नै फिचर्ड छन् । सुगमको उक्त एउटा गीतले पुरानो सबै झझल्को समेटेको छ ।

Leave a Reply