लक्ष्मीलाई ‘दिल खोलेर कुरा गरन’ भन्दै दयाहाङ(भिडियो)

लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द, प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’मा दया र लक्ष्मीको जोडीलाई देखन सकिन्छ ।

नयाँ बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई सार्वजनिक गरिएको हो । टुवेल नोट्स द्वारा निर्मित यसअघिका गीतहरु ‘परानै दिन्छु’ र ‘परानै दिन्छु _२ ‘मा पनि दया र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

Leave a Reply