रेखा थापा लेख्छिन्–‘देशको हरेक इन्च मुटुभन्दा प्यारो छ’

भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला नेपालमा यसको चर्को विरोध भइरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ती निकालेर यसमा कडा आपत्ती जनाएको छ । यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाले पनि यस विषयमा आवाज उठाएकी छन् । हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटुभन्दा प्यारो रहेको र देश संकटमा रहेको एक हुनुपर्ने भन्दै रेखाले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

रेखा लेख्छिन् – ‘देशको सीमा अतिक्रमण भएको बेला जनता एकजुट हुनु पर्दछ । देशका राजनीतिक शक्ति एकजुट हुनु पर्दछ । जुनसुकै मुल्यमा आफ्नो सीमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । कुनै पनि प्रकारको आत्मसमर्पण अक्षम्य हुनेछ । हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटुभन्दा प्यारो छ । राष्ट्रियता कसैलाई सरकारमा पुर्‍याउने भर्‍याङ् होइन, कसैको राजनीतिको भजन होइन ।’ यसैगरी रेखाले यस्तो बेला लिने अडानले देखाउँछ क-कस्को दावी खोक्रो छ ? कस्को अडान देशभक्तिले भरिएको छ ? भनेर प्रश्नसमेत उठाएकी छन् ।

Leave a Reply