रियाशा पशुपंक्षी भोकै हुँदा चिन्तित,पुगिन् खाना खुवाउन(फोटो फिचर र भिडियो सहित)

कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः बैशाख २५ गतेसम्म लम्ब्याइएको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा मानिसहरुको जीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असर पशुपंक्षी तथा चराचुरुङ्गीलाई पनि परेको छ ।

लकडाउनपछि सार्वजनिक रूपमा रहेका जनावर, चराचुरुङ्गीलगायत आहाराको अभावमा मर्ने अवस्थामा पुगेका छन् । यीनीहरुले सामान्य समयमा घुम्न आएका मानिसहरुले दिएको खान्थे । तर, लकडाउनपछि भोकै छन् । यो अवस्थामा विभिन्न व्यक्तिहरुले पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहाराको व्यवस्था गरिरहेका छन् । यसतर्फ नेपाली सेलिब्रेटीहरु पनि जागरुक हुन थालेका छन् । यसैबीच,कलाकार रियाशा दाहालले लकडाउनका कारणले भोकै रहेका पशुपंक्षीलाई खाना खुवाएकी छिन् ।

रियाशा जडिबुटी हुदै पेप्सीकोला जाने बाटो र खोलामा रहेका कुकुरहरुलाई खाना दिदै ,ओम अस्पतालको पछाडिका कुकुरहरुलाई पनि बिस्कुट,मासु खुवाउदै त्यहाँबाट बौद्ध र अरु मन्दिरमा पुगेर पंक्षीलाई चामल,मकै,गहुँ लगायतका आहार दिएकी छिन् । भोकै परेका पशुपंक्षीको खानपानको लागी नेपाल स्काउटले रुटिन अफ नेपाल बन्द टिमको सहकार्यमा खाँचोमा परेको जनावर र पंक्षीलाई खाना खुवाउने अभियान सुरु गरेको थियो । त्यो अभियान अहिले सम्म पनि निरन्तर चलिरहेको छ । सोहि अभियानमा साथ दिदै रियाशाले सयौं कुकुर,चराचुरुंगीलाई आहारा दिएकी हुन् । रियाशालाई पहिला देखि नै सहयोग गर्न मन भएको उनि बताउँछिन्। घरमा हुँदा एउटा मानव भएर केहि न केहि गरौ महसुस भइरहेको पनि उनि बताउँछिन् ।

उहाँ पनि स्कुल देखि स्काउटमा रहेको र बीचमा केहि काम परेर ब्रेक लिएको तर चटक्क स्काउट भने नछोडेको उनको भनाई छ । रियाशाले सबैलाई आफ्नो घर वरिपरीका पशुपंक्षीलाई खाना खुवाउन पनि अपिल गरेकी छिन् । केहि दिन अगाडि नायिका वर्षा सिवाकोटी,नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज,नायक पल शाह र नायिका वर्षा राउतले पनि वरीपरी रहेका र विभिन्न स्थानमा पुगेर सडक जनावरलाई खाना खुवाएका थिए र सहयोग पनि गरेका थिए । नेपाली कलाकारको यो जागरुकतालाई सुखद रुपमा हेर्न सकिन्छ ।

Leave a Reply