बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अकस्मात अस्पताल भर्ना भएका खानको मंगलबार राति निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको ५४ वर्षको उमेरमा निधन भएको हो। खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बॉक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मीडियम’ जस्ता सफल चलचित्रहरुमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका थिए भने भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पनि प्राप्त गरेका थिए । केहि दिन अघि उनकी आमाको निधन भएको थियो र लकडाउनको कारण उनि अन्तिम संस्कारमा सहभागी हुन सकेका थिएनन् । भिडियो कल मार्फत उनले आमालाई अन्तिम श्रद्धांजलि दिएका थिए ।

Leave a Reply