सलोन बस्नेतको ‘मिलन’ आजबाट प्रदर्शनमा, वरुणको ‘भेडिया’सँग भिड्दै

आज शुक्रबारबाट नेपाली चलचित्र ‘मिलन’ प्रदर्शनमा आएको छ । अभिनेता सलोन बस्नेत स्टारर चलचित्र सोलो प्रदर्शन भएको हो । सलोनसहित चलचित्रमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको पनि मुख्य भूमिका छ । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।

टेक पौरखी राई निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व रहेको चलचित्र काठमाडौं र कालिन्चोकमा छायांकन भएको हो । प्रविन थापा निर्माता रहेको चलचित्रमा राहुल राईको छायांकन र तारा थापा किम्बे सम्पादन छ ।

Leave a Reply