आँचलको हातमा उदीपको नामको ट्याटू

गत फागुन २९ गते अभिनेत्री आँचल शर्माको उनका प्रेमी डा.उदिप श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिए । उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई आँचल र उदिपले विवाहमा परिणत गरेका हुन् । उनै आँचलले पति उदीपको नामको ट्याटू आफ्नो हातमा खोपाएकी छन् । शुक्रबार आँचलले आफ्नो हातमा खोपिएको उदीपको नामको ट्याटूको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरी मार्फत् सार्वजनिक गरेकी हुन् ।

आँचल र उदीपले धुमधामसाथ विवाह गरेका थिए । आँचल र उदीपले चैत १ गते राखेको रिसेप्सन पार्टीमा आँचलले लगाएको लहेंगा र गहनाको मूल्य देखि हेलिकप्टर नै ल्याण्ड गरेर प्रवेश गरेको कुराले सामाजिक सञ्जालमा जताततै राम्रो चर्चा बतुलेको थियो ।

Leave a Reply