गुरुङ भाषाको चलचित्र ‘फिच्यो’को विशेष प्रदर्शन

चलचित्र ‘फिच्यो’ अर्थात् ‘कान्छी छोरी’को विशेष प्रदर्शन सम्पन्न भएको छ । सामाखुशीको एक पार्टी प्यालेसमा आइतबार चलचित्रको विशेष शो समपन्न भएको हो  ।

चलचित्र नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । साथै १ जनवरीमा अमेरिकाको उत्तरी क्यारोलिना राज्यको चार्लोट सिटीमा विशेष शो आयोजना हुँदैछ।

चलचित्रमा विश्वास गुरूङ, ईन्द्र घले(काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ ।

गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्र स्वदेशका आकर्षक लोकेसनमा छायाँकन भएको छ । विषयवस्तु र कथा–पात्र सुष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकासले चलचित्र आम नेपाली सबैको रुचिलाई ध्यानमा राखेर निर्माण भएको बताए ।

रेड ओसियन ईन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको चलचित्र निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)का छायाँकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । चलचित्रमा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै रहेको छ । चलचित्रमा नृत्य गोरे गुरुङको रहेको छ ।

Leave a Reply