गायिका आस्था राउत अस्पतालमा भर्ना

गायिका आस्था राउतलाई अस्पतालमा लगिएको छ । बिरामी भएको भन्दै प्रहरीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको हो ।

उनको के सम्बन्धी उपचार भइरहेको हो त्यो भने खुलाएको छैन । सोमबार साँझ ८ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि अस्पताल लगिएको स्रोतले बताएको छ । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठसँग विवाद भएपछि आस्थामाथि उजुरी परेको थियो । प्रहरी जवान श्रेष्ठले अभद्र व्यवहारमा उनीमाथि उजुरी दिएकी थिइन् ।

Leave a Reply