प्रदीप,क्रिस्टिना र पलले कोरोनाविरुद्ध मिलेर लड्न गरे आग्रह( भिडियो)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को जोखिमबाट बच्न देश गएको तीन हप्ताका लागि लकडाउनमा छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनले मानिसहरुको जीवनसँगै हरेक क्षेत्र प्रभावित भएका छन् ।

यो विषम परिस्थितिमा नआत्तिन र धैर्यताका साथ कोरोनाविरुद्ध सबै मिलेर लड्न अभिनेता द्वय प्रदीप खड्का र पल शाहले आग्रह गरेका छन् । सोमबार बुद्ध सुब्बा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा अभिनय गर्दै उनीहरुले यो अपिल गरेका हुन् । सार्वजनिक गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी र प्रताप दासको स्वरमा रहेको छ ।

सन्देशमुलक गीतमा प्रदीप र पलसँगै ‘प्रेमगीत ३’ की अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेन पनि फिचर्ड छन् । गीतका गायक तथा गायिकाहरु पनि प्रस्तुत गीतमा एलिस कार्की र प्रमोद निर्वाणको संगीत रहेको छ भने अशोक शेरचनले शब्द सिर्जेका हुन् । रुपेश थापाको सम्पादन रहेको गीतको भिडियोलाई रुपेश थापा, विजय भण्डारी र दिपेश उपाध्यायले खिचेका हुन् ।

निर्देशक नितिन चन्दले निर्देशन गरेको यो गीतमार्फत् अझै केही समय नआत्तिन आग्रह गरिएको छ । अभिनेता प्रदीप खड्काले पहिलो पटक म्यूजिक भिडियोमा अभिनय गरेका हुन् । सबै मिलेर र डटेर खटे सुनौलो बिहानी फर्किने सन्देश गीतले दिन्छ ।

Leave a Reply