सञ्जय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको फोक्सोको क्यान्सर भएको छ । उनी,अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् । सञ्जय दत्तले मंगलवार स्वास्थ्यका कारण केही समय चलचित्रबाट ब्रेक लिने घोषणा गरेका थिए । उनले लेखेका थिए, ‘म मेडिकल ट्रिटमेन्ट्सका कारण कामबाट केही समय ब्रेक लिँदैछु । मेरो परिवार र साथीको मलाई साथ छ । म सबै शुभचिन्तकसँग निवेदन गर्छु कि चिन्ता नलिनुहोला र अनावश्यक रुपमा अड्कल पनि नलगाउनुहोला । तपाईंको प्रेम र शुभकामनाले चाँडै फर्किनेछु ।’

Leave a Reply