सन्तोष पन्तको ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा पारिवारिक कथा देखाइएको छ । असोज २८ गते प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् ।

सोसल र कमेडी ड्रामा जनराको चलचित्रमा सन्तोषसहित रमा थपलियाको प्रमुख भूमिका छ । चलचित्रले काठमाडौंका चार परिवारको पारिवारिक समस्या, र विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

बिके फिल्मस् र एफडिले बितरण गर्ने चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा-द मुभी’ लाई यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

Leave a Reply