‘प्रेमगञ्ज’को ट्रेलरमा दुई पुस्ताको प्रेमकथा

आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार ओएसआर यूट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरमा दुई कालखण्डको प्रेमकथा र त्यसमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का फिचर्ड छन् । यस्तै, चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । बेनिशा र नव-अभिनेता तेजको बाल्यकालको भूमिकामा राइडर प्रशन र सुप्रिया खनालले अभिनय गरेका छन् । चलचित्रमा परिच्छेद सेनको डेब्यू निर्देशन रहेको छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद सेनले नै लेखेका हुन् ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको चलचित्र, चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।

Leave a Reply