‘आँधी तुफान–२’ को छायांकन सुरु

चलचित्र ‘आँधी तुफान–२’को छायांकन सुरु भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै आइतवारबाट चलचित्रको छायांकन सुरु भएको हो । आइतवार काठमाडौंको एक स्टूडियोमा इन्डोर छायांकन गरिएको चलचित्रको सोमवारदेखि धुलिखेलमा छायांकन भइरहेको छ । चलचित्रमा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो । निषेधाज्ञाभन्दा एक हप्ता अगाडि ‘आँधी तुफान २’ को छायांकन सुरु भएको थियो । तर, संक्रमण बढेको भन्दै काठमाडौंमा निषेधाज्ञा जारी भएपछि चलचित्रको छायांकन रोकिएको थियो।

Leave a Reply