‘सक्किगोनी’को प्रशारण पनि कोरोनाको कारण स्थगित

चर्चित हास्यव्यंग्य टेलिसिरियल ‘सक्किगोनी’ को प्रशारण स्थगित हुने भएको छ । कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण स्थगित गरिएको निर्माता तथा कलाकार कुमार कट्टेलले जानकारी दिएका छन् । ‘सक्किगोनी’ का निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए । सरकारबाट अर्को सुचना नआएसम्म टेलिसिरियलको प्रशारण बन्द हुने उनको भनाई छ । उनले आफू सेल्फ क्यारेन्टाइनमा बस्ने समेत बताएका छन् ।

अर्जुनले फेसबुकमा लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सुस्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’

Leave a Reply