सुरक्षाको ‘ग्रीन बर्ड’ को छायांकन १९ दिनमै सकियो

चलचित्र ‘ग्रीन बर्ड’ को छायांकन १९ दिनमै सकिएको छ । २५ दिनको सेड्युल बनाएर छायांकनमा निस्किएको चलचित्रको मंगलवार अन्तिम सिन खिचिएको थियो । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायांकन चितवन-नवलपुरमा भएको बताईएको छ ।

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिकामा रहेको चलचित्रमा कमलमणी नेपाल र अफरान अली लगायतको पनि अभिनय रहेको छ । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा वाचन गर्ने बताइएको छ । यो चलचित्रको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् ।

चलचित्रमा सुरक्षा माइक्रोबायोलोजी पढिरहेकी २२ वर्षिय युवतीको भूमिकामा छिन् । कात्तिक स्मित कर्नाटकले खिचेको चलचित्रलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । छायांकन सुरु हुनुभन्दा अगाडि मेथड एक्टिङलाई चित्रण गर्न चलचित्रका सम्पूर्ण कलाकारलाई चितवनको एक घरमा राखेर दुई हप्तासम्म कार्यशाला गरिएको थियो । चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

Leave a Reply