लक्ष्मी र जीवनको ‘जेल पनि सहुँला’ सार्वजनिक (भिडियो)

चर्चित गायिका मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टुवेल्भ नोट्स अफिसियल युट्युब च्यानल मार्फत ‘जेल पनि सहुँला, नेल पनि सहुँला…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रोहन पौडेल ‘जनक’को शब्द रहेको गीतमा हरि लम्सालको सङ्गीत निर्देशन रहेको छ । राजबाबु चौधरी/अजय कार्कीको रेकडिस्ट रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको छ। गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।

भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

Leave a Reply